विश्व शान्ति भवन शिलन्यास

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा बिगत लामो समय देखी निर्माण थालि अलपत्र परेको बिश्व शान्ति भवनको शिलन्यास गरिको छ । शुक्रबार मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले बिश्व शान्तिभवनको शिलन्यास गरेका हुन ।
भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कुल प्रसाद सम्बा (कुशल)ले विश्व शान्ति भवनलाई मिक्लाजुङकै उत्कृषठ भवनको रुपमा अगाडी बढाउने बताए ।  पुर्व मन्त्रीले शिलन्यास गरेर अलपत्र परेको भवन अब आर्थिक अभावले  निर्माण कार्य रोकीने अवस्था नआउने र त्यसका लागि आफु प्रतिबद्ध भएर लाग्ने साम्बाले बताए । 
मिक्लाजुङ क्षेत्रमै सुविधा सम्पन्न आधुनीक भवन बनाउने उदेश्यले  विश्व शान्ति भवनको निर्माण कार्य थालीएको थियो ।  बि.स. २०७२ सालमा पुर्व मन्त्री कृष्ण प्रसाद सिटौलाले एक भव्य कार्यक्रमका बिच विश्व शान्ति भवनको शिलन्यास गरेक थिए । त्यस बखत भवन शिलन्यास त भयो तर कामले भने गतिलिएन । बषौंदेखी अधुरो रहेको भवनलाई पुरा गर्न बिभिन्न दाता र सरकारी निकायमा फायल बोकेर धाएको तर पार नलागेको राधा, कृष्ण, दुगा तथा शिव मन्दिरका अध्यक्ष तिल बिक्रम बोहोराले बताए । 
राधा, कृष्ण, दुर्गा तथा शिव मन्दिरको हाता भित्र निर्माण भइरहेको उक्त भवन निर्माण कार्य २०७१ सालमा एक सप्ताह पुराणको आयोजना गरि विश्व शान्ति भवनका लागि आर्थिक रकम संकलन गरी भवनको जग हालिएको पुर्व भन्दिर समिति अध्यक्ष राजेन्द्र घिमीरेले बताए ।  पुराणबाट संकलित १३ लाख रुपयामा भवनको जग उठाने काम भए पनी सो रकम सकिए संगै अरुकाम अल पत्र परेको थियो ।  
लामो समय देखी आर्थिक अभावमा थलिएको विश्वशान्ति भवनलाई यस आर्थिक बर्षमा उधोग पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना  प्रदेश नं. १ बिराटनगरले विश्व शान्ति भवन निर्माणका लागि  लागि ३५ लाख रुपैया बिनियोजन गरेको छ । साथै स्थानीय श्रमदान चारलाख २६ हजार एक सय एक सय रुपया पचास पैसा लगानी हुने छ ।  विश्व शान्ति भवनको लम्बाई १२० फिट र चौडाई ४० फीट  रहेको छ ।े एउटा सभाहल ७ वठा कोठा सहितको अतयाधुनीक सुविधा सम्पन्न तिनतले भवन निर्माणकको लक्ष्य राखीएको विश्व शान्ति भवन निर्माण उपभोक्त सचिब खगेन्द्र प्रसाद दाहालले बताए ।  
प्रेदेश बाट बिनियोजीत रकमले यस बर्ष भवनको पिल्लर, टाइबिम र वाल सहितको काम हुने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नविन लामाले बताए । साथै सो भवनलाई यस क्षेत्रको अतिथि सदनको रुपम विकाश गर्ने लक्ष्य राखीएको बताइएको छ । 
 

Loading...