५० प्रितशत अनुदानमा मकैको विउ वितरण

 

 मोरङको मिक्लाजुङ गउँपालिका वडा नं. ८ मा वडा कार्यालयको ५० पतिशत अनुदान सहयोगमा मकैको  बिउ वितरण गरीएको छ ।  शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई कृषि पेशामा आत्म निर्भर बनाउने साथै कृषी उत्पादकत्वमा वृद्धी गर्ने उदेश्यले ५० पतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष नगिन्द्र कार्किले बताए । अनुदानमा वितरण गरिएको मकै उन्नत  सिपी सिड्स (६६६) जातको मकै हो । यो मकैलाई उपयुक्त हावापानी र बातावरण मिलेमा प्रति कठ्ठा आठ मन सम्म उत्पादन हुने बताइएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा यो सिजनमा करिब ९० प्रतिशत बढी खेतीयोग्य जमीनमा मकै खेती हुने भएकाले यस अघिनै वडा कार्यालयले वडाभरीका कृषकहरुलाई भेला गरि एक दिने व्यवसायिक मकै खेती सम्धन्धी तालिम संचालन गरिसकेको छ । 
मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को माटोको बनावट कालोे दोमट माटो भएकाले तरकारी बाली र व्यवसायिक रुपमा उन्न जातका खेती प्रणालीका लागि उपयुक्त मानिन्छ । यस अघि पनी वडा कार्यालयले कृषकहरुलाई व्यवसायिक खेती गर्न पावर टिलर वितरण, उन्नत जातको बोयर बोका, बंगुरको विर वितरण गरीएको वडाध्यक्ष कार्कीले बताए । साथै यस आर्थिक बर्षमा वडा कार्यालयको शिलङ बजेट बाट कृषी व्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले २७ लाख बजे कृषीमा बिनियोजन गरेको बताइएको छ ।
कृषकहरुको मागको आधारमा न्युनतम एक देखी आठ केजी सम्म मकैको बिउ वितरण गर्ने योजना बनाईएको मकै बिउ वितरण उपभोक्ता समितिका अध्यक्ष कमल प्रसाद आचार्यले बताए । उपभोक्ता समतिले करिब सात सय केजी मकैको विउवितरण गर्ने लक्ष्य लिएको बताइएको छ । 
 

Loading...