दलबहादुरको घर निमार्ण मानब सेवा र मावानुनसरी वन

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको मानव सेवा समाज र मावा नुनसरी समुदायिक वनले मिक्लाजुङ वडा  नं. ९ निवासी बिपन्न परिवारका जेष्ठ नागरीक दलबहादुर कार्कीको घर निर्माण कार्य शुरु  गरेकोछ । 
शनिबार बाट दलबहादुरको घर निमार्णमा मिक्लाजुङमा रहेको मानव सेवा समाज र मावा नुनसरी सामुदायिक वनको संयुक्र पहलमा घर निर्माण कार्य शुरु गरिएको मावा नुनसरी समुदायिक वन उपभोत्ता समुहका अध्यक्ष  बिष्णु प्रसाद गुरागाईले बताए ।
दलबहादुरका एक छोरा सुस्त मनस्थितीका छन उनलाई फलामे साङंलीमा चाबी लगाएर राख्नु पर्ने अवस्था छ । अर्का छोरा गोपाल कार्की पनि  अपाङ्गछन ।
शनिबार मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले दलबहादुरको घर निर्माणको शिलन्यास गरेकी थिइन । घर शिलन्यास कार्यक्रमलाई सम्बोधन गदै उपाध्यक्ष राईले मावा नुनसरी सामुदायिक वन र मानव सेवा समाज मिक्लाजुङले राम्रो कार्यक्रमको थालनी गरेको बताउँदै आगामी दिनमा समेत निरन्तर मानव सेवामा लाग्ने प्रेरण मिलोस भन्ने शुभेक्षा व्याक्त गरिन ।
अति बिपन्न तथा परिवारका सदस्य समेत अपाङ्ग रहेको र करिब ९० बर्षिय जेष्ठ नागरिक दलबहादुरले आफै पनि कुनै काम गर्न नसक्ने अवस्था रहेकाले दलबहादुरको घर निर्माण गुर्न अतिआवस्यक ठानी निमार्ण प्रक्रिया अगाडि बढाईएको मानब सेवा समाज मिक्लाजुङका अध्यक्ष प्रवेश कुवंरले बताए । घर निर्माणमा  स्वेक्षिक चन्दादाताहरुको सहयोग रहेकाले इच्छुकले सकेको सहयोग गर्न समेत कुवंरले अपिल गरेकाछन ।  
करिब दुई लाख लागतमा बन्ने सो घर तिन कोठाको रहने र एकापट्टीको बरण्डा खुल्ला रहने छ । 
घर शिलन्यास कार्यक्रममा मिक्लाजुङ वडा नं. ७, ९ का वडाध्यक्षहरु शुशिलराज चौहान, सोमनाथ अधिकारी,  मानव सेवाका सल्लाहकारहरु डिल्ली प्रसाद खतिवडा, मेघनाथ घिमीरे , प्रविधीक खगेन्द्र भण्डारी , मानव सेवा समाज र मावानुसरी सामुदायिक वनका पदाधीकारीहरु र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मानव सेवा समाजका सचिब दिपेन थापले संचालन गरेका थिए ।  
 

Loading...