अष्ट्रेलियाको ड’ढेलोमा म’रे झन्डै पचास करोड पशुपंक्षी

 

अस्ट्रेलिया: अस्ट्रेलिया यतिबेला वातावरणीय सं’कटमा गुज्रिएको छ। तीन महिना देखि लागेको ड’ढेलोका कारण सयौं घरबार विहीन भएका छन्। ड’ढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी ज’लेर म’रेका छन्। गाइ वस्तुसँगै जं’गलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर ड’ढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ।

जसमा कीरा फ’ट्यांग्रा बाहेक चरा चुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आ’गला’गीमा परेर म’रेका छन्। युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मा’रिएको तथ्यांक दिएका छन्। अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा ड’ढेलो लागिरहेको छ भने कैयन् बस्तीहरु आ’गला’गीका कारण सखाप भएका छन्।

त्यति मात्र होइन डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ। अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्न जस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञले बताएका छन् । यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्र’भाव पारेको छ।आ’गला’गीकै कारण २३ जना अस्ट्रेलियानले ज्या’न गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु न’ष्ट भएका छन्। अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ।

एनएसडब्लु सरकारले दुई पटक सं’कट’काल समेत धोषणा गरेर ड’ढेलो नियन्त्रणको प्रयास गर्यो। पछिल्लो तीन महिना देखि वर्षा समेत नभएका कारण चर्को घामले डढेलो विस्तार हुँदै गएको छ। ग्रामीण अ’ग्नि निय’न्त्रकले मात्र यसको समाधान गर्न नसक्ने जना उँदै सरकारले सेना समेत परिचालन गर्यो। यद्यपी आजसम्म डढेलो नि’यन्त्रणमा आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

Loading...