प्रहरी र विप्लव समूह बीच जम्काभेट हुँदा गो’ली चल्यो

 

काठमाण्डाै, रासस : सुर्खेतको पञ्चपुरी नगरपालिका–८ मा रहेकाे चेनेरीताल जङ्गलमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र प्रहरी बीच दोहोरो फा’यरिङ भएको छ। विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई प’क्राउ गर्न गएको प्रहरी टोली माथि बुधबार दिउँसो तीन रा’उण्ड फा’यर गरेपछि जवाफी फा’यरिङ गरेको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फा’यरिङ भएको पुष्टि गर्नुभयो । विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उहाँलाई प’क्राउ गर्न गएको थियो । प्रहरी उप रीक्षक पन्तले शाहीको घरमा नपुग्दै जंगलमा प्रहरी माथि आ’क्र’मणको प्रयास गरेको बताउनु भयो ।

शाहीलाई प’क्राउ गर्न इलाका प्रहरी कार्यालय बाबिया चौरबाट पे’स्तोल सहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो । ‘प्रहरीलाई देख्ने बित्तिकै ८–१० जनाको संख्यामा रहेका विप्लवका कार्य कर्ताले फा’यरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले प’क्राउ गर्न सकेनौं,’ इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भन्नुभयो, ‘अहिले थप प्रहरी परिचालन गरेर जं’गल क्षेत्रमा उनीहरुको खो’जी भइरहेको छ ।’

यसै बीच विप्लव समूहले मंगलबार राति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा ब’म राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टा’वरमा आ’गजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरामा रहेकाे एनसेल टावर नजिक ब’म राखेको थियो । ती ब’म बुध बार बिहान नेपाली सेनाले नि’ष्क्रिय पारेको थियो । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्

Loading...