हस्तबहादुरले पाउने भए निःशुल्क उपचार

 

मधुमल्ला÷मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का गम्भीर प्रकृतिको  रोगबाट ग्रसित हस्तबहादुर राईले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने भएकाछन ।  राईको नोवेल अस्पताल बिरटनगरमा निःशुल्क उपचार हुने भएको छ । 
मोरङ, मिक्लाजुङ–७ रेशमखेतीमा छिमेकीको खेतीमा अस्थाई टहरा बनाई बास स्थानको आश्रय लिदैं आएका  ८५ वर्षिय हस्तबहादुर राईलाई उपचारार्थ बुधबार विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।
सहाराविहीन लिम्बु विगत चार वर्षदेखि टाउको दुःख्ने र मुखमा घाउ निस्कने समस्याले थलिएपनि आर्थिक अभावका कारण उपचारबाट बञ्चित थिए । राईको उपचारमा  नेपाली कांग्रेस, मिक्लाजुङ , नेपाल तरुणदल मिक्लाजुङले समन्वय गरेको तरुणदल मिक्लाजुङका सचिब देउमान तामाङले बताए । हस्तबहादुरको सम्पुर्ण उपचार खर्च नेपाली कांग्रेस मोरङले व्यहोर्ने नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बुले बताए । दिन दुःखी र बेसाहाराहरुलाई सेवा गर्नु पहिलो मानविय उत्तरदायित्व रहेकाले पार्टी भन्ना माथि उठेर मानविय सेवामा लागि पर्नु पर्ने बताए । लिम्बुले अरुकोही बिपन्न अवस्थाको भए जानकारी दिन  आग्रह गर्दै लिम्बुले उनिहरुको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउने बताए । रार्ईलाई अस्पताल लैजान मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बु  हस्तबहादुरको घरैमा आएका थिए । जिल्ला सभापति लिम्बुले उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च कांग्रेसले विहोर्ने बताएका छन् । लिम्बुले जाती र पार्टी नेहेरी दीनदुःखुीहरुको सेवामा लाग्ने बताए ।

Loading...