चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’ !

 

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ .

बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह बीच सम्बन्ध विच्छेद भएको हो।

मंगलवारमात्र जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका ढकाल दम्पतीले बुधवार सम्बन्ध बिच्छेद गरेका हुन् ।

न्यायाधीश विदुर कोइरालाको इजलासले विच्छेदको निर्णय सुनाएको हो। हिजो निलमले दुवैको सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।

उनीहरुकी छोरी रानी ढकाल आमासँगै रहने सहमति सहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरीलाई बाबाले बेलाबेलामा भेट्न दिने सहमती गरेकी छिन् ।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।

गायक ढकाल पछिल्लो पुस्तालाई मनपर्ने गायकको रुपमा परिचित छन् । उनले गाएका सेन्टिमेन्टल गीतलाई धेरैले रुचाएका छन् ।

Loading...