नरिवलको र’क्सी खाँदा एघार जनाको मृ’त्यु, सयौँ अस्पताल भर्ना

 

मनिला। नरिवलको र’क्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा एघार जनाको मृ’त्यु भएको छ। र’क्सीकै कारण वि’रामी भएका अरु तीनसय जना अस्पताल भर्ना भएको रोयटर्सले जनाएको छ । उनीहरुले से’वन गरेको र’क्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले अस’र गरेको हुन सक्ने विश्वास गरिएको छ ।

राजधानी मनिला देखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने लगुना र क्वेन्जोल प्रान्तको रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर र’क्सी सेवन गरेकाहरु मध्ये केहीको मृ’त्यु भएको र केही बि’रामी भएका हुन् । र’क्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था ग’म्भीर रहेको राजधानी मनिला स्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो ।

र’क्सी सेवनका कारण बिरामी भएका ३ सयजना अस्पतालमा भर्ना भएका उहाँले बताउनु भयो। उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ। क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस र’क्सीको बेच’विखन, वितरण र सेवनमा प्रतिब’न्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश र’क्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् ।

र’क्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् । पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको र’क्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकि’त्सकहरुको भनाई छ । यस अघि गत् वर्ष समेत नरिवलको म’दिरा सेवन गरेर कम्तिमा २१ जनाको मृ’त्यु भएको थियो।

Loading...