सागमा स्वर्ण र एसियनमा रजत जित्नेलाई भव्य स्वागत सम्मान

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलमा स्वर्ण पदक विजेता र एसियन बडि बिल्डीङ खेलमा  रजत पदक विजेता खेलाडीहरुलाई मिक्लाजुङ गाउँपालिकाले अबिरजात्रा सहित भव्य रुपमा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
आइतबार मिक्लाजुङ गाउँपालिकाको आयोजनमा गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलमा तेक्वान्दो तर्फ ८७ केजी समुहमा स्वर्ण पदक विजेता मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ निवासी भुपेन श्रेष्ठ र  एसियन बडि बिल्डीङ खेलमा महिला तर्फ रजत पदक विजेता मिक्लाजुङ वडा नं. ९ निवासी रजनी श्रेष्ठलाई अविर जात्रा सहित नगर परिक्रमा गरी भव्य रुपमा स्वागत सम्मान गरेको थियो । 
आइतबार उर्लाबारी चोक बाट स्कुलडाँडा, बरगाछी, उर्लाबारी मुख्यचोक हुँदै मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार परिक्रममा गरी मधुमल्ला पार्टी प्यालेसमा पुगेर स्वागत सम्मान कार्यक्रममा परिणत भएको थियो । सम्मान कार्यक्रममा मिक्लाजुङ गाउँपालिका, मिक्लाजुङका राजनैतिकदहरु, विद्यालय प्रतिनिधीहरु, संघ संस्था प्रतिनिधीहरु, युवा क्लबहरु, स्थानीयबसीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
खेलाडीहरुलाई सम्मान कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य र उपाध्यक्ष सरला राई संगै रहेर अविर जात्रा कार्यक्रममा सहभागी भएका थिए  ।
गाउँपालिकाले खेलडीहरुलाई जनही ६८ हाजर र सम्मान पत्रले सम्मानीत गरेको थियो । त्यस्तै नेवासमाज मिक्लाजुङले जनहि ८ हजार र सम्मान पत्र, लायन्स क्लब अफ मिक्लाजुङ र दीपज्योति युवा क्लबले सम्मानपत्रले सम्मानीतले गरेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले खेलाडीहरु राष्ट्रको गहना भएकाले उनिहरुको उचित सम्मन गर्दै खेल जगतमा अगडी बढाउन गाउँपालिका निरन्नतर लागि पर्ने बताए । 
खेलाडीहरुले खेलकुदको माध्यमबाट मिक्लाजुङ गाउँपालिका तथा सिङ्गो राष्ट्रको प्रतिष्ठा उच्च राख्न पु¥याएको योगदनाको कदर गर्दै गाउँपालिकाले सम्मान कार्यक्रमको आयोजना गरेको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा खेलकुद विकास समिति संयोजक सरला राइले बताइन । कार्यक्रममा संघसंस्था प्रतिनिधीहरु, राजनैतिकदलका प्रतिनिधीहरु, लगायतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रखुख अतिथि सम्मानीत व्यात्तीत्वहरु, भुपेन श्रेष्ठ र रजनी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 
 
 

Loading...