एनएमबि बैंकको बित्तीय साक्षरता

 

एनएमबि बैंकको बित्तीय साक्षरता तथा एक घर एक खाता अभियान सम्पन्न एनएमबि बैंकको बित्तीय साक्षरता अभियान अन्तरगत आज प्रदेश नं. १ कार्यालयले प्रदेश नं. १ भित्रका विभिन्न शाखाहरुको सहभागितामा झापाको दमक नगरपालिकाको विभिन्न वडाहरुमा बित्तिय साक्षरता, बित्तीय परामर्श, महिला उद्यमि कर्जा तथा अन्य कर्जा सम्बन्धि जानकारी तथा बचत गर्ने बानिको विकास गरौ भन्ने नाराका साथ एक–घर–एक खाता घरदैलो कार्यक्रम सम्पन्न गरको छ । घरदैलो कार्यक्रम अन्तरगत २००० भन्दा बढी व्याक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी वित्तीय सचेतना, ५०० वटा बचत खाता संकलन र १८० जनालाई विभिन्न किसिमका कर्जाहरुको बारेमा जानकारी गराइएको कार्यक्रमका संयोजक प्रकाश निरौलाले जानकारी दिएका छन् । त्यसैगरी यस्ता कार्यक्रमहरु प्रदेश अन्तरगत अन्य विभिन्न स्थानहरुमा समेत नियमितरुपमा सञ्चालन गरीने प्रदेश नं. १ प्रमूख उत्सव घिमिरेले जानकारी दिएका छन् ।

Loading...