कृर्षि यन्त्र उपकरण र बोयरको बिउ बोका वितरण

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले व्यवसायिक रुपमा कृषि व्यवसाय संचालन गर्दै आएका किशानहरुलाई कृषी व्यवसाय लाग्न र व्यवसायलाई प्रर्वधनमा गर्ने उदेश्यले कृषी यन्त्र बितराण गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का कृषकहरुलाई कृषि पेशमा आत्मानिर्भर बनाउने उदेश्यले आइतबार वडा कार्यालयमा एक कार्यक्रमका आयोजाना गरि कृषी यन्त्रहरु वितरण गरेको हो । आइतबार वडाकार्यालयले पाँच थान हाते ट्रयाक्टर  बितरण गरिएको मिक्लाजुङ गाउँपािलका वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले बतातए । मिनि  हाते ट्रयाक्टर प्राप्त गर्ते व्यसायिक कृषकहरुमा लालबहादुर गिरी,यग्य बहादुर पौडेल, काजिमान लिम्बु र कुमार श्रेष्ठ लाई एक–एक थान मिनी हाते ट्रयाक्टर वितरण गरिएको थियो । 
त्यस्तै पशु चौपायको नश्ल सुधार कार्यक्रम अन्र्तगत व्यवसायिक बाख्रापालक किशानहरु बाशुदेब भण्डारी र दिपक पौडेललाई बोयर जातका उन्न बोका प्रदान गरिएको थियो । त्यस्तै बंगुरको उन्नत जातको २ थान बिर वितरण गरिएको मिक्लाजुङ गाउँपलिका वडा नं. ८ वडा सचिब महेन्द्र भण्डारीले बताए । 
अगुवा सिकशानहरुलाई १ थान घाँशकाटने मेशीन, १ थान स्प्रे टंकी र १ थान ड्रिल मेशीन वितरण गरिएको थियो । यस अघी बोयर जातको बोकामा एउटा बाख्री मिसाउँदा दुइ हजार सम्म तिर्नु पर्ने गरेको तितो यथार्थ रहेको किशनहरुले बताउँदै आएका थिए । बिगत सम्झदै मिक्लाजुङ वडा नं. ८ अगुवा कृषक बसुदेब भण्डारीले भने पहिले दुई हजार तिर्नु पथ्यो बोयर  बोकाको बाल अब पाँच सय रुपयामा नै हुने भयो  भन्दै खुसी व्याक्त गरे । वडा कार्यालयले बोयर बोकाको बाल बापत पाँचसय रुपया तोकिदिएको छ । यस अघि किशानले २–३ हजार रुपयाँ सम्म बोयरबोकाको बाल तिर्दै आएका थिए । 
कार्यक्रलामलाई सम्बोधन गर्दै नेकपा मिक्लाजुङ अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेलले व्यवसायिकता आजको आवश्यकता भएकाले वडाकार्यालयको कामले कृषी उद्यममा लागेका उद्यमीहरुलाई हौषल मिल्नुका साथै स्वरोजगार बन्न उपयोगी हुने बताए 
कृर्षकहरुलाई कृषी औजार तथा उपकरण वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुँ गाउँपालिकाका अध्यक्ष देवी पैसाद आचार्यले कृषिमा यान्त्रीकरण गर्दै अघि बढने बताए । यान्त्रीकरण आवस्यक रहको र प्रविधीको बिकाश संगै यान्त्रीकरणमा आएको बिकासले कृषकलाई कृषी पेशामा लग्न थप उर्जा प्रदान गर्दै व्यवसायीक कृषक बन्न प्रेरीत अघि बढनु  गाउँपालिका तथा वडा कार्यालयहरुको मुख्य कार्य भएको बताए ।
 

Loading...