किशान चोक टाँडी रमिते सडकको शिलन्यास हुने

 

मधुमल्ला÷ मोरङको उर्लाबारी किशान चोक, टाडी हुँदै रमिते जाने सडकको शिलन्यास हुने भएको छ । आगमी मंसिर ३० गते प्रदेश नं. १ का अर्थ अर्थमन्त्री इन्द्र बहादुर आँबोले सो सडकको सिलन्यास गर्ने कार्यक्रम रहेको छ । सो सडकको शिलन्यास मिक्लाजुङ ३ सुन्दरी चोक बाट गरीने भएको छ । सो सडक मोरङ  निर्वाचन क्षेत्र नं. १ अन्र्तगत प्रदेश सरकाको पहिलो कालोपत्रे सडक योजना भएको प्रदेस सभा सदस्य कुल प्रसाद साम्बाले बताए । सो सडकको निमार्णको ठेक्का सर्मा मिमेश्वर ज्वइन्टभेन्चरले पाएको छ । ५८ करोड ५६ लाख  ६८ हजार एक सय ७७ रुपयाँमा ठेक्का सम्झौता भएको हो । सो सडकको दुरी २० किमी रहेको छ । यो सडक बन्ने भए संगै मिक्लाजुङ गाउँपालिका वडा नं. १,२,३ र ४ का स्थानीय हर्षित बनेको  स्थनीय युवा गणेश भट्टराइले बताए । 
 

Loading...