दैनिक ज्यालादरीमा काम गर्ने ५० मजदुरहरुलाई खाध्यान्ह वितरण

 

मधुमल्ला÷ कोरोना भाइरसका कारण दैनिक ज्यालादारी काम गरी गुजारा चलाउने  मोरङको मिक्लाजुङ गाउँपालिकाका ५० मजदुर घर परिवारलाई खाध्यान्ह सामग्री विततरण गरिएको छ ।  लकडाउनको अवस्थामा काम नभएको  अवस्थामा घरमा खानेकुरा अभाव नहोस भन्ने उदेश्यले खाध्यान्ह समाग्री वितरण गरिएको बताइएको छ । उनिहरुलाई ५ केजी चामल, चामल , दाल , साबुन , नुन, चिनी चाउचाउ , माक्स वितरण गरिएको थियो ।  बुधबार साझा हस्पिटल प्रा.लीं मार्फत सामग्री वितरण गरिएका थियो । साझा हस्पिटल प्रा.लि. र स्थानीय सहयोगीहरु रेनुका निर्माण सेवा,किशोर श्रेष्ठ,राजु तामाङ , हरी पोख्रेल, बिरन उदास, प्रतिमा श्रेष्ठ, दिपक श्रेष्ठ, चन्दन साह ( जिरे)  लगायतको  आर्थीक सहयोग संकलनमा उक्त सामग्री वितरण गरिएको साझा हस्पिटल प्रा.लि.का संचालक छत्र डागीले बताए । देशभर लकडाउन भएको र दैनीक ज्यला मजदुरी गरी गुजार चलाउनेहरुका लागि खाध्यान्ह अभाव नहोस भनी खाध्यान्ह सामग्री वितरण गरिएको छत्र डाँगी बताउँछन ।  कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ९ वडाध्यक्ष सोमनाथ अधिकारीको उपस्थिती रहेको थियो ।

 

Loading...