लकडाउनका कारण खाद्यान्य अभाए वडा संग सम्पर्क राख्न पालिकाको अनुरोध

 

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले लक डाउनकोे समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई खाध्यन्य लगायत अत्याआस्यकीय सामग्रीहरु उपलब्ध गराउने भएको छ । दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई खाध्यान्ह अभाव भए पालिकाले उपलब्ध गराउँने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । कोरोना भाइरसका कारण  दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई खाध्यन्ह अभाब भए सम्बन्धीत वडा कार्यालय, वडाध्यक्ष वा वडा सदस्यहरुलाई सम्पर्क गर्न सम्पुर्णमा अनुरोध गर्दछु आचार्यले भने । यस्तै पछिल्लो १५ दिन भित्र बिदेशबाट नेपाल आएका कोही छरछिमेकी वा कोही भए मिक्लाजुङ गाउँपालिका स्वास्थ्य साखा, मिक्लाजुङ गाउँपालिका वा सम्बन्धीत वडाको वडाध्यक्षलाई सम्पर्क गरी सहयोग गर्न समेत गाउँपालिका अध्यक्ष आचार्यले अनुरोध गरे । 
 

Loading...