कोरोना भाइरसबाट बच्न मिक्लाजुङमा वृहत अभियान

 

मधुमल्ला÷ बिश्वभर भयाबह बन्दै गएको कोरोना भइरस रोग बाट बच्न सहयोग पु¥याउने उदेश्यले मिक्लाजुङ गाउँपालिकामा मिक्लाजुङ गाउँपालिका र स्थानीय संघसंस्थाहरुले अभियानलाई तिब्रता दिएकाछन । 
साप्ताहीक रपमा लाग्दै आएको मधुमल्ला बाजार सोमबार छिटपुट मात्र लग्यो । सोमबार मिक्लाजुङ गाउँपालिका वडा नं. ७ ले वडा भित्र भिडभाड हुने ठाउँहरुमा सार्बजनीक सुचना प्रसारण सहित हात धुने बिधी सिकाइएको थियो । साबुन पानीले हात धुन  सिकाई करिब पाँच सय बढी स्थानीयहरुलाई निःशुल्क माक्स वितरण गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताए । यो महामारीको अवस्था आउन नदिन  यसबाट सचेत रहन वडाले निरन्तर कार्यक्र संचालन गर्ने चौहानले बताए । उक्त अभियानमा वडा सदस्यहरु सहित उल्लेख्य मात्रामा युवा सहभागित रहेको थियो । त्यस्तै मिक्लजुङ गाउँपालिका वडा नं.७ र ९  क्षेत्रमा लायन्स क्लब अफ मधुमल्ला , मिक्लाजुङ गाउँपालिका वडा नं. ९ र इलाका प्रहरी कार्यालय मधुमल्लाको संयुक्त आयोजनामा हात धुने बिधी , रोगबाट बच्ने उपायहरुको बरेमा जनचेतना मुलक प्रचार प्रसार साथै चर सय बढी स्थानीयहरुलाई निःशुल्क माक्स वितरण गरिएको लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष प्रकाश बस्नेतले बताए । मिक्लजुङ गाउँपालिकाको ९ वटै वढामा राष्ट्रिय युवा संघ नेपालले  जनचेताना मुलक कार्यक्रम, संचालन दर्गै आएकोमा सोमबार मिक्लाजुङ वडा नं. ४ र ५ मा जनचेतनामुलक कार्यक्रम संचालन गरेको राष्ट्रिय युवा संघ मिक्लाजुङ अध्यक्ष शुशिल न्यौपानेले बताए । यस्तै नेपाल तरुदल मिक्लाजुङले मिक्लजुङ गाउँपालिकाको सार्वजनीक स्थलमा साबुन पानीले हातधुने व्यस्था साथै सचेतना मुलक कार्यक्रम संचालन गर्ने नेपाल तरुणदल मिक्लजुङका सचिब देउमन तामाङले  बताए । साथै ८५० थान माक्स पनी वितरण गरेको छ । यस्तै सोमबार एक सुचन जारी गर्दै मिक्लाजुङ गाउँपालिकाले चैत्र १० गते देखी २१ गते सम्म अत्यावसेक बाहेक अन्य कामकाज बन्द गर्ने । साथै अत्यावसेक बाहेक घरबाहिर ननिस्कन , रोग प्रतिरक्षात्मक पोशिलो खानेकुराहरु खान , भिडभाडमा नजान र  हाट बजारहरु बन्द गर्न भनेको छ । 
 

Loading...