उद्घाटन खेलमा निर्मल शिद्धार्थ बिजयी

 

मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकामा दीपज्योति युवा क्लबको आयोजना शनिबार बाट शुरु तेस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र÷ छात्रा फुटबल खेलको उद्घाटन खेलमा रिलायन्स मा.वि.लाई १–० को अन्तरले हराउँदै निर्मल शिद्धार्थ अंग्रेजी विद्यालय बिजयी भएको छ । 
शनिबारको उद्घाटन खेल अन्र्तगत  रिलायन्स मा.वि. र निर्मल शिद्धार्थ मा.वि. बिच भएको खेल निक्कै आक्रमरुपमा चलेको थियो । खेलको पहिलो हाफको १५ औ मिनेटमा निर्मल शिद्धार्थका अशोक मगरले गरेको आकर्षक प्रहारले जाली चुम्दै खेललाई १–० ले अग्रता दिलाए । निर्मल शिद्धार्थले गोल गरे संगै खेल झन आक्रमक बन्यो रिलायन्स मा.वि.ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । 
मध्यान्तर पछि खेलमा रिलायन्स मा.वि.ले आक्रमक खेल खेल्यो भने निर्मल शिद्धार्थले रक्षात्मक खेललाई प्राथमिकता दियो । निर्मलको रक्षात्मक खेलका बाबजुत रिलायन्सले केही अवसर हरु पाए पनी बलले जाली चुम्न सकेन । खेलमा म्यान अफ द म्याच निर्मल शिद्धार्थका अशोक मगर घोषित भए । 
आइतबारको खेल छात्र तर्फ सरस्वती मा.वि. मिक्लाजुङ–४ र क्लाशिकल अंग्रेजी मा.वि. मिक्लाजुङ –८ र छात्रा तर्फ रिलायन्स अंग्रेजी मा.वि.मिक्लाजुङ –७ र देवकोटा मा.वि. मिक्लाजुङ–८ बिच  मनोहर जनता मा.वि.को खेल मैदानमा हुने खेल संयोजक नित्तम दाहलले बताए ।  
उद्घाटन खेलका प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा (कुषल)ले बिद्यालय स्तरीय फुटबल प्रतियोगिताले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरु खेल प्रतिभा विकाश गराउन उपयोगी हुने भएकाले खेलकुद प्रतियोगिता उपयोगि भएको बताए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राई मोरङ फुटबल संघ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, सेमन्तराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रमा मिक्लाजुङ गाउँपालिका करिब ४ दर्जन बढी संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Loading...