बिपन्न महिलाहरुलाई  आय आर्जनका लागि ठेला वितरण

 

बिपन्न महिलाहरुलाई  आय आर्जनका लागि ठेला वितरण
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको लंैगिक समानता तथा महिला शसक्तिकरण उपभोक्ता समिति मिक्लाजुङ ९ ले बिपन्न बर्गका ३ घरपरिवारका महिलाहरुलाई ठेला वितरण गरेको छ ।  शनिबार मिक्लाजुङ गाउँपालिका वडा नं. ९ गाउँपालिका परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वडा नं. ९ का बिपन्न परिवारका ३ जना महिलाहरुलाई जनही १÷१ थान  ठेला वितरण गरिएको महिला शसक्तिकरण उपभोक्ता समिति वडा नं. ९ कि अध्यक्ष खुस्बु कार्र्कीले बताइन । 
ठेला पाउनेहरुमा मिक्लाजुङ ९ की जानुका चौधरी, संगिता साहा र संगिता मगर रहेकाछन । मिक्लाजुङ ९ की जानुका चौधरीले ठेला लिदैं भनिन् फुटपाथमा व्यापार गर्न समस्या थियो महिला शसक्तिकरण समितिले ठेला दिए पछी दैनिक व्यापारमा समेत वृद्धी हुने विश्वास व्यक्त गरिन ।
ठेला  वितरण कार्यक्रमको प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले गरिब तथा बिपन्न परिवारका समुदायका आमा तथा दिदिबहिनीहरुलाई प्रत्यक्ष रुपमा  आयआर्जन गर्न सक्ने बनाउने उदेश्यले ठेला वितरण गरिएको राईले बताइन । विगत बर्षमा फरक फरक प्रकारका महिला लक्षित कार्यक्रमहरु गरिएको तर यस बर्ष हरेक वडामा  छुट्टा छुट्टै प्रकारका आयआर्जन र जिविकोपार्जनमा समेत सहयोग पु¥याउने उदेश्यले फरक–फरक कार्यक्रम राखीएको उपाध्यक्ष राईले बताइन । 
बिपन्न परिवारका महिलाहरुलाई वितरण गरिएको ठेला बिक्री वितरण गर्न नपाउने र चलाउन नसके वडा कार्यालयलाई जानकारी गराउनु पर्ने बताइएको छ । 
ठेला वितरण कार्यक्रममा समाजसेवी राम चन्द्र थापा मगर, राजेन्द्र घिमीरे, वडा सदस्यहरु अम्बिका कार्की, कैलाश मगर वडाध्यक्ष सोमनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  
 

Loading...