९० बर्षमा नागरीकता थामीएन खुसी

 

जेष्ठ नागरिकलाई घरैमा नागरिकता
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वाडा नं. ८ निवासी ८७ बर्षिय जेष्ठ नागरिक तुलसामाया खतिवडालाई घरैमा पुगेर नेपाली नागरिकता वितरण गरिएको छ ।  शुक्रबार इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्र चापागार्इँ सहितको टोलीले तुलसा मायालाई घरैमा पुगेर नागरिकताको प्रतिलिपी उपलब्ध गराएको हो । 
तुलसा मायाको पहिलाको नागरिकता बाढीले बगाएको र त्यस पछी पुन शारिरिक अशक्तताका कारण नागरिकता प्रतिलिपी लिन जान नसकेकी तुलसालाई मिक्लाजुङ गाउँपालिका वडा नं. ८ वडाध्यक्ष नगेन्द्र कार्की (नविन)को पहलमा शुक्रबार घरैमा नागरिकताको प्रतिलिपी उपलब्ध गराईएको हो । 
तुलसा मायाको नागरिकता नहुँदा समाजीक सुरक्षा भक्ता लिन बाट बंचित भएकी तर अब नागरीकता बनेपछी बैंक खाता खोली भत्ता लिन पाउने भएकोमा तुलसामायाले  खुःसी व्यक्त गरिन  ।  नागरिकता प्रतिलिपी हस्तान्तररण गर्दै इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख झरेन्द्र चापागाईँले कार्यालयको निति नियममा रहेर असक्त जेष्ठ नागरिकहरुलाई समयको व्यवस्थापन गरि आफुहरुले नागरिकता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । 
वडा कार्यालयको जानकारीलाइ गम्भीर रुपमा लिएर घरमै आएर नागरिकता प्रतिलिपी उपलब्ध गराएकोमा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का  वडाध्यक्ष नगेन्द्र कार्कीले इलाका प्रशासन कार्यालयको टोलीलाई धन्यवाद व्यक्त गरे ।
 

Loading...