बिकासको गती लिदैं चुलीपोखरी

 

मधुमल्ला÷पुर्व उत्तर मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने पर्यटकीय, धार्मीक तथा पुरातात्वीक हिसाबले महत्वपुर्ण स्थानको रुपमा परिचित चुलीपोखरीले बिकाशको गति लिन थालेको छ । लामो समय देखी संरक्षण अभाव रहेको चुलीपोखरीमा पछिल्लो समयम स्थानीय, प्रदेस र केन्द्र सरकारको ध्यान जानुले यस क्षेत्रको बिकाशमा आशाका किरणहरु छाएको स्थानीय मनिशा राईले बताइन । 
यस बर्ष प्रदेश सरकारले चुलीपोखरीको दिगो बिकास र व्यवस्थापनका लागि ३० लाख रकम बिनीयोजन गरेको छ । चुरे पहाडको थप्लोमा प्रकृतिक रुपको करिब २–३ बिघा क्षेत्रफल भएको यो चुलीपोखरी आफैमा प्रकृतीको अनुपम उपहार भएको मोरङ क्षेत्र नं. १ का प्रदेशसभा सदस्य कुल प्रसाद साम्बा (कुशल)ले बताउँछन् ।  बुधबार प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा सहित मिक्लाजुङ गाउँपालिका अधयक्ष देवी प्रसाद आचार्य, वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधीहरु ,नेपाल बिधुत प्राधिकरण उर्लाबारी, सडक डिमीजन कार्यालय मोरङ , इन्जिनीयर, पत्रकार सहितकोे एक टोलीले चुलीपोखरीको स्थलगत निरीक्षण गरेको छ ।   चुलीपोखरी बासी स्थानीयहरुले प्रदेश संशद सहितको टोलीलाई फुलमालाले स्वागत गरेका थिए ।
आ.ब. ०७४÷०७५ मा प्रदेश सरकारले चार लाख, गत बर्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय १ नं. प्रदेशले छुट्याएको १० लाख रकमले चुलीपोखरीलाई बाँकी रहेको घेराबार र पर्यटकहरुका लागि शार्वजनीक शौचालय निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष भिमबहादुर श्रेष्ठले बताए । 
यस बर्ष प्रदेश सरकार बाट बिनयोजीत रकम बाट चुलीपोखरीमा बोटीङ, पर्यटकहरुका लगि प्रतिक्षालय र पोखरीमा फुलबरी निमार्ण, पोखरीमा भुक्ष्य भई आउने खहरेहरुलाई व्यवस्थापन गर्न आवस्यक रहेको मिक्लाजुङ गाउँपलिाका वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईले बताए ।  
चुलीपोखरीमा घेराबार गर्ने कार्य सम्पन्न भएको उत्त घेराबारकै कारण अनियन्त्री रुपमा मानशिसहरु र पशु चौपायको प्रेशमा रोक लागेको छ । यसले भुक्ष्यमा पनी सहयोग पु¥याएको छ । चारै तर्फ बाट चौपाय प्रवेश गर्दा वरि परि पोखरी भत्तकीने समस्यामा कमी आएको छ । यो संगै बिगतका बर्षहरुमा घट्दै गएको चुलीफोखरीको पानीको सतहमा वृद्धी भएको स्थानीय उपभोत्ता समिति सचिब खडी श्रेष्ठले बताए । 
पर्यटनको प्रचूर सम्भाव्यता रहेपनि चुली पोखरीको प्रचार प्रसार र प्रर्वधन नहुँदा सुनसान बन्दै गएको थियो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.२ मा अवस्थित यो पोखरी पर्याप्त प्रसार प्रसार उचित संरक्षणकै कमीका कारण समस्या रहेको स्थानीय स्थनीयले गुनासो गर्दै आएका थिए । 
चारौतिर डब्लुहिल पहाडको थप्लोमा करिब दुई बिगाहा भन्दा बढी क्षेत्रफलमा फैलीएर रहेको छ चुलीपोखरी । चुरे पहाडको थाप्लोमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपुर्ण स्थान रहको र होम स्टेको रुपमा यसालाई बिकाश गर्न सकिने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । चुलीपोखरी सम्म आउनका लागि मिक्लजुङ वडा नं. २ मा पर्ने कुइनेटर बाट चुलीपोखरी सम्म पदमार्गको निमार्ण कार्य थानली गरिने  आचार्यले बताए 
घना जंगलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पोखरीको दक्षिणपूर्व पट्टि देखिने डूब्लू हिलले यस क्षेत्रमा पर्यटक स्वागत गर्न आतुर रहेको स्थानीय कबि तथा साहित्यकार रुद्र भण्डारी भन्छन् ‘प्राकृतिक रुपमा डब्लू आकारको पहाडले वेलकम हिलको संकेत गर्छ ।’ भण्डारीले लामो समय देखी डब्लुहिल, चुलीपोखरी, बुद्धटार र राजारानी क्षेत्रको विकासका लागि पहल गर्दै आएकाछन । 
चुलीपोखरीको इतिहाँस 
 परापूर्व कालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम भएका दुईवटा पोखरी थिए । कालान्तरमा मानब बस्तीको बसोबास संगै कोच समुदायको एक बच्चा रानी पोखरीको पानीमा ढुबेको र बच्चाको आमाले बच्चाको उद्धार गर्न रानी पोखरीको पानी लाई हँसियाले काटेरको त्यस पोखरीको पानी सुकाएको र पोखरी सुकेर गएकोे किम्बदन्ती स्थानीयहरु बताउँछन ।  रानी पोखरीमा अहिले पनी पानिको मुहान छ । त्यस स्थानमा स्थानीयहरुले हाल खेती गर्छन् । 
चुलीपोखरी विशेषता पत्याइ नसक्नुको छ । वरीपरी जंगलले घेरीएको पोखरी भित्र कुनै पनी पातहरु पोखरीमा छैन । पोखरीमा पातहरु खसीहाले पनी चराहरुले टीपेर लाने गरेको जनविश्वास रहिआएको छ । तर चराले कुन समयमा पात टिप्छ भनेर हाल सम्म कशैले देखेको छ । न त  कशैलाई थाहा नै  छ ।
 चुली पोखरीका  विभिद  विशेषताहरु मध्ये अर्को मुख्य बिशेषता भनेको  भनेको पोखरीको उत्तर तर्फ मध्यभागमा रहेको प्राकृतिक ढुङ्गा हो । जुन ढुङ्गाको आकार ठ्याक्कै स्त्रीप्रजनन अंग (योनी) आकारको रहेको छ । रानी पोखरी फुटेर गएसँगै राजा पोखरीका राजाले सोही स्त्री प्रजनन अंगमा सहवास गर्ने गरेको जनविश्वास रहि आएको स्थनीयहरु बताउँछन । बिगत बर्षहरुमा प्रष्ट संग देखीने स्त्री प्रजनन् अंग आकारको ढुङ्गा यस बर्श पोखरीमा पनीको सतह थपी संगै पानीले पुर्णरुपमा छोपीएको छ । 
चुलीपोखरीमा बिधुत सेवा ः हाल सम्म पनी चुलीपोखरीका स्थनीयहरुले बिधुत सेवा उपभोग गर्न पाएका छनैन । तर यस आर्थिक बर्ष भित्र कुनै पनी कुनै पनी हालतमा चुलीपोखरीमा बिधुत सेवा उपलब्ध गराउने प्रतिबद्धता बुधबार चुलीपोखरी पुगेर नेपाल बिधुत प्रधिकरण उर्लाबारीका प्रमुख शिबराम यादवले गरेकाछन । 
चुलीपोखरीमा सडक सत्तर उन्नती ः बुधबार स्थलगत सडक डिभीजन कार्यालय मोरङका कार्यालय प्रमुख शुभराज न्यौपानेले मोरङ भन्दा हामी धेरैले सुगमतालाई बुझ्थ्योैं तर मोरङमा दुर्गम ठाउँ भएकोर आफुले प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले यस क्षेत्रको सडक स्तर उन्तीमा पहल गर्ने प्रतिबद्धता व्याक्त गरे ।  
कशरी पुग्ने ःचुलीपोखरी उर्लाबारीको किशान चोकदेखि १५ किलोमिटर उत्तर क्षेत्रमा अवस्थित चुली पोखरीबाट डब्लू हिल, मिक्लाजुङ राजारानी र पुत्र बुद्धको उत्पत्ति स्थल कुईँनेटार र बुद्धटार आकर्षण रहेका छन् । चुली पोखरी पुग्नका लागि किशान चौक र उर्लाबारी चोक उत्तरबाट जान सकिन्छ । किशान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुली पोखरी पुगिन्छ । उर्लाबारी चोकबाट मधुमल्ला, तोरीबारी, कुइँनेटार, बुद्धटार हुँदै , त्यस्तै मिक्लाजुङ मधुमल्ला, मलामी टहरा शाखरे हुँदै चुलीपोखरी पुग्न सकिन्छ ।